Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अपि पावरको नाफा दोब्बरभन्दा बढीले वृद्धि

अपि पावर कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको २०८२/०८३ चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गरेको छ। समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३०.०६ प्रतिशतले बढेको छ। अघिल्लो…


विज्ञापनAdvertisement Banner
2 min read

अपि पावर कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको २०८२/०८३ चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय सुधार गरेको छ। समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३०.०६ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ रहेको थियो भने २०८२/०८३ मा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा बढ्नुमा विद्युत बिक्री आम्दानीमा भएको सामान्य वृद्धि र वित्तीय खर्चमा आएको कमी मुख्य कारण देखिएको छ। समीक्षा अवधिमा विद्युत बिक्रीबाट प्राप्त आम्दानी ७.०६ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १२.१९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको रिटेन अर्निङ्ग १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने चुक्ता पूँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको वित्तीय खर्च भने २४.१३ प्रतिशतले घटेको छ। आम्दानीमा सुधारसँगै वित्तीय खर्चमा आएको कमीले समग्र खुद नाफा उल्लेख्य रूपमा बढाउन सहयोग गरेको हो।

नाफामा भएको वृद्धिको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ। प्रतिशेयर आम्दानी अघिल्लो अवधिको तुलनामा ८ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ ६ पैसा पुगेको छ।

चौथो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ। यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २१.३० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/