
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा खुद नाफामा सामान्य सुधार गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण संस्थाले सार्वजनिक गरेको छ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब २१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आव को असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.१० प्रतिशतले बढी हो।
कम्पनीको नाफा वृद्धिमा खुद ब्याज आम्दानी तथा अन्य आम्दानीमा भएको सुधारले योगदान गरेको देखिन्छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६.७० प्रतिशतले बढेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १८.८५ प्रतिशतले उकालो लागेको छ।
यद्यपि, खुद नाफा बढे पनि संस्थाको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ९१ पैसा कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ रुपैयाँ ८१ पैसा कम हो। यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ८ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ६.७२ प्रतिशतले बढेको छ।
असार मसान्तसम्म संस्थाको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी भने ५९ रुपैयाँ ७२ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ। गत असार मसान्तसम्म लघुवित्तको प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ६ पैसा रहेको छ। सोही अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।






Leave a Reply