
काठमाडौं — नेपालका २० वटा वाणिज्य बैंकमा रहेको गैरबैंकिङ सम्पत्ति एक वर्षमा ११.१५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड ५ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा गैरबैंकिङ सम्पत्ति ४ अर्ब ७८ करोड ५४ लाख रुपैयाँले बढेको हो।
हिमालयन बैंक पहिलो, इन्भेष्टमेन्ट मेगाको उच्च वृद्धि
गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक पहिलो स्थानमा रहेको छ। बैंकको यस्तो सम्पत्ति गत वर्षको भदौमा ५ अर्ब ८४ करोड १५ लाख रुपैयाँ रहेकामा चालु वर्षको सोही अवधिमा बढेर ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ। यो ९.७४ प्रतिशतको वृद्धि हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति ५३.४३ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो सम्पत्ति ३ अर्ब ८२ करोड २० लाख रुपैयाँ थियो।
यस्तै, ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ६.७५ प्रतिशतले घटेर ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा झरेको छ। प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति भने २२.४५ प्रतिशतले बढेर ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ पुगेको छ।
एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ८.७२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको छ। नबिल बैंकको यस्तो सम्पत्ति १०.९१ प्रतिशतले घटेर ३ अर्ब ८ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
प्रभु र सिटिजन्स बैंकको गैरबैंकिङ सम्पत्ति तीव्र वृद्धि
प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति एक वर्षमा ५०.१० प्रतिशतले बढेर २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो सम्पत्ति १ अर्ब ६७ करोड २९ लाख रुपैयाँ थियो।
लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्ति ७.२१ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। कुमारी बैंकको यस्तो सम्पत्ति भने १०.८८ प्रतिशतले घटेर २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ कायम भएको छ।
एनएमबी बैंकको गैरबैंकिङ सम्पत्ति १०.६५ प्रतिशतले बढेर १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ पुगेको छ। सिटिजन्स बैंकको यस्तो सम्पत्ति ४०.५० प्रतिशतले वृद्धि भई १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति १०.५० प्रतिशतले बढेर १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ। नेपाल एसबीआई बैंकको यस्तो सम्पत्ति ४३.६२ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड १० लाख रुपैयाँ कायम भएको छ। सानिमा बैंकको गैरबैंकिङ सम्पत्ति पनि २७.२५ प्रतिशतले बढेर १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, सिद्धार्थ बैंकको गैरबैंकिङ सम्पत्ति १५.७५ प्रतिशतले बढेर ८९ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकको यस्तो सम्पत्ति ५.४० प्रतिशतले वृद्धि भई ६३ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।
एभरेष्ट बैंकको सम्पत्ति घट्यो
एभरेष्ट बैंकको गैरबैंकिङ सम्पत्ति ११.१७ प्रतिशतले घटेर ५० करोड ५८ लाख रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ५६ करोड ९४ लाख रुपैयाँ थियो।
नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति भने ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको यस्तो सम्पत्ति ८.०३ प्रतिशतले वृद्धि भई २७ करोड ७३ लाख रुपैयाँ कायम भएको छ।






Leave a Reply