Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले…


विज्ञापनAdvertisement Banner
1 min read

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

थुनछेक बहसअघि अदालतमा उनको बकपत्रसमेत गराइएको थियो। अदालतले तोकेको धरौटी बुझाएपछि उनी रिहा हुनेछन्।

गोल्छाले यसअघि पनि एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। गत १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो।

यसपटक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले पुनः एक करोड रुपैयाँ धरौटी तोकेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/