
काठमाडौं – प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो । बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताएका छन्।






Leave a Reply