
काठमाडौं – प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत बढेर ९ अर्ब २१ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ अघिल्लो आर्थिक वर्षमा बैंकले ८ अर्ब ८१ करोड ८१ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा २७ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा ५ अर्ब ३८ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख ३९ हजार रुपैयाँ रहेको भने वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४७ लाख ८१ हजार रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ । निक्षेप संकलन २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ र कर्जा लगानी २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १९.६३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त आम्दानी १६.५० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ ।






Leave a Reply