
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहेताको प्रहरीको गोली लागेर उपचारका क्रममा मंगलबार बिहान काठमाडौँमा निधन भएको छ। उनको उपचार भइरहेका बेला मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर परिवारका सदस्य तथा आफन्तसँग भेटवार्ता गरेका छन्।
यसअघि घटनामा ज्यान गुमाएका अन्य तीन जनाका परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउनेलगायत विषयमा सहमति गरेको थियो। रविन्द्र मेहेताका परिवार र आफन्तले पनि समान प्रकृतिको सहमति भएपछि मात्रै शव बुझ्ने र अन्त्येष्टि प्रक्रिया अघि बढाउने अडान कायम राखेका छन्।






Leave a Reply