
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। भदौ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल ६ प्रतिशत लाभांश दिने निर्णय प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार साधारण सेयरधनीले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पाउनेछन्। ३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र सोही दरको नगद लाभांशका लागि पनि ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ छुट्याइएको छ।
यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश रकम ७ करोड ४५ लाख ९९ हजार ०४१ रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ।
प्रस्तावित लाभांशका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट समेत प्रस्ताव पारित हुनुपर्नेछ। साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सम्बन्धित सेयरधनीलाई लाभांश वितरण गरिनेछ।






Leave a Reply