
काठमाडौँ –एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु ३१४ रनको चुनौती प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा १०२ रन बनाए। आशिफको पारीमा चार छक्का र आठ चौका समावेश थियो। उनी हैदर अलीको बलमा क्याच आउट भए।
त्यसअघि आशिफले १०३ बलमा चार छक्का र आठ चौकाको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए। उनको शतकले नेपाललाई बलियो योगफलतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
यस्तै, अलराउन्डर गुल्सन झाले पनि आक्रामक अर्धशतक बनाए। पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका गुल्सनले ३६ बलमा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे।
नेपालले अन्तिम ओभरसम्म आक्रामक ब्याटिङ गर्दै यूएईका बलरमाथि दबाब कायम राख्यो। अब उपाधिका लागि यूएईले निर्धारित ५० ओभरमा ३१४ रनको लक्ष्य पछ्याउनेछ।






Leave a Reply