बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्। नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्। नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद क्षेत्रमा ठूलो आर्थिक सम्भावना सिर्जना गरेको उनको भनाइ छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा खड्काले फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकारलगायत विभिन्न व्यापारिक पक्षलाई समेट्दा एनपीएलको बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको जानकारी दिएका हुन्।

एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको क्यानको भनाइ छ। प्रतियोगितामार्फत स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, प्राविधिक र खेलकुदसँग सम्बन्धित विभिन्न संस्थाका लागि आर्थिक अवसर विस्तार भएको छ।

त्यस्तै, एनपीएलको बढ्दो लोकप्रियतासँगै नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी, प्रायोजन तथा व्यावसायिक साझेदारीको सम्भावना पनि बढ्दै गएको छ। विदेशी खेलाडीको सहभागिता र दर्शकको आकर्षणले प्रतियोगिताको व्यावसायिक महत्त्व थप बढाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *