
सुनसरी क्षेत्र नम्बर ४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गर्न प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
प्रधानमन्त्रीको सिफारिसपत्र राष्ट्रपतिको कार्यालयमा पठाइसकिएको बताइएको छ। साहले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय गरिएको हो।
साहको पद तथा गोपनीयताको शपथ आजै साँझ साढे पाँच बजे हुने सम्भावना रहेको बताइएको छ।






Leave a Reply