
काठमाडौं – युनाइटेड इदीमर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्ने भएको छ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बराबर बोनस शेयर वितरण गर्ने प्रस्ताव आगामी १७औं वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार ५ प्रतिशत बोनस शेयरको रकम २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबर हुनेछ। यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ।






Leave a Reply