Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढी आवेदक

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओका लागि २३ लाख ६१ हजार १२४ जना आवेदकले आवेदन दिएका…


विज्ञापनAdvertisement Banner
1 min read

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओका लागि २३ लाख ६१ हजार १२४ जना आवेदकले आवेदन दिएका छन्।

भदौ २२ गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति भदौ २६ गतेसम्म रहेको थियो। सो अवधिसम्म लगानीकर्ताबाट कुल २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको रकमका लागि आवेदन परेको छ।

आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयरका लागि आवेदन दिएका हुन्। यो सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको ८ लाख ६३ हजार २०० कित्ता शेयरको तुलनामा ३०.५५ गुणा बढी हो।

आईपीओमा मागभन्दा निकै बढी आवेदन परेसँगै कम्पनीको शेयरप्रति सर्वसाधारण लगानीकर्ताको चासो उच्च रहेको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/