Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से २७.९४ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

काठमाडौं - साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार शुक्रबार भने सुधारसहित बन्द भएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार शुक्रबार भने सुधारसहित बन्द भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ। विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण पूँजीबजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्था थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने स्पष्ट पारेका थिए।

शुक्रबार सेन्सेटिभ इण्डेक्स ३.९८ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंकले उकालो लागेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारबाट ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको १ करोड २० लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ। अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लागेको छ। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ।

यता, कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शुक्रबार लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।

त्यस्तै, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढीले बढेको छ। विकास बैंक र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/