Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

परीक्षा केन्द्र तोकेकोप्रति विद्यार्थी असन्तुष्ट, सीटीईभीटी कार्यालयमा प्रदर्शन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले आगामी २३ भदौदेखि सञ्चालन गर्ने परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। बिहीबार सानोठिमीस्थित सीटीईभीटीको कार्यालय परिसरमा विभिन्न शिक्षालयका विद्यार्थीहरूले प्रदर्शन…


विज्ञापनAdvertisement Banner
2 min read

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले आगामी २३ भदौदेखि सञ्चालन गर्ने परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

बिहीबार सानोठिमीस्थित सीटीईभीटीको कार्यालय परिसरमा विभिन्न शिक्षालयका विद्यार्थीहरूले प्रदर्शन गर्दै परीक्षा केन्द्र निर्धारणको निर्णयप्रति आपत्ति जनाएका हुन्।

विद्यार्थीहरूले परीक्षा केन्द्र तोक्दा समान मापदण्ड नअपनाइएको आरोप लगाएका छन्। उनीहरूका अनुसार केही शिक्षालयका विद्यार्थीलाई आफ्नै कलेजमा परीक्षा दिन पाउने गरी ‘होम सेन्टर’ कायम गरिएको भए पनि अन्य शिक्षालयका विद्यार्थीलाई भने टाढाका केन्द्रमा परीक्षा दिनुपर्ने अवस्था सिर्जना गरिएको छ।

आफ्ना निजी शिक्षालयमा होम सेन्टर दिने तर अन्य कलेजका विद्यार्थीलाई टाढा परीक्षा केन्द्रमा पठाउने निर्णय विभेदपूर्ण भएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन्। यस्तो निर्णयले विद्यार्थीलाई अनावश्यक आर्थिक भार पर्नुका साथै यातायातको समस्या समेत भोग्नुपर्ने उनीहरूको भनाइ छ।

आन्दोलनमा सहभागी विद्यार्थीहरूले सीटीईभीटीको निर्देशिकाअनुसार परीक्षा केन्द्र निर्धारण हुनुपर्ने माग गरेका छन्। निर्देशिकाको मापदण्डविपरीत गरिएको निर्णय आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले परीक्षा दिन टाढा जानुपर्दा यातायात तथा अन्य खर्च बढ्ने, समय व्यवस्थापनमा कठिनाइ हुने र दुर्गम क्षेत्रका विद्यार्थी थप समस्यामा पर्ने बताएका छन्।

सीटीईभीटीको परीक्षा केन्द्रसम्बन्धी निर्णय सच्याउनुपर्ने माग गर्दै विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन्। उनीहरूले परीक्षा व्यवस्थापनमा गरिएको असमान व्यवहारले विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/