Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति पुनः सुरु

नुवाकोटका बट्टार, त्रिशूली बजार तथा आसपासका क्षेत्रमा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण संरचनाको…


विज्ञापनAdvertisement Banner
2 min read

नुवाकोटका बट्टार, त्रिशूली बजार तथा आसपासका क्षेत्रमा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण संरचनाको प्रयोग गरी सेवा पुनःस्थापित गरेको हो।

प्राधिकरणका अनुसार बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई वैकल्पिक व्यवस्थाअन्तर्गत ११ केभीमा चार्ज गरेर प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालन गरिएको हो। यस व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ।

बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण प्रणालीलाई वैकल्पिक रूपमा उपयोग गर्दै प्रभावित क्षेत्रमा सेवा फर्काउने काम अघि बढाएको थियो। वैकल्पिक आपूर्ति सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा विद्युत् पहुँच पुनःस्थापित भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत र पुनःस्थापनाको कामलाई प्राधिकरणले तीव्रता दिएको छ। प्रभावित बाँकी क्षेत्रहरूमा समेत विद्युत् सेवा नियमित बनाउन आवश्यक प्राविधिक काम जारी रहेको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/