Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढीका कारण रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत् उत्पादक संघ (इप्पान)का अनुसार रसुवाका सात र नुवाकोटका छ वटा जलविद्युत् आयोजना बाढीबाट…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत् उत्पादक संघ (इप्पान)का अनुसार रसुवाका सात र नुवाकोटका छ वटा जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका हुन्।

रसुवामा माथिल्लो त्रिशूली–१ लगायत सात वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यस्तै, नुवाकोटमा त्रिशूली जलविद्युत् आयोजना लगायत छ वटा आयोजना बाढीबाट प्रभावित भएका छन्।

इप्पानका अनुसार बाढीबाट सञ्चालनमा रहेका नौ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ३५४ मेगावाट रहेको छ। त्यस्तै, निर्माणाधीन पाँच वटा आयोजना पनि प्रभावित भएका छन्, जसको कुल क्षमता ३९४ मेगावाट रहेको छ।

क्षति पुगेका आयोजनामध्ये निजी क्षेत्रका सञ्चालनमा रहेका चार वटा आयोजनाको कुल क्षमता २३१ मेगावाट रहेको छ। निजी क्षेत्रकै निर्माणाधीन तीन वटा आयोजनाको कुल क्षमता ३४२ मेगावाट रहेको इप्पानले जनाएको छ।

त्यसैगरी, सरकारी स्वामित्वमा सञ्चालित चार वटा जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। ती आयोजनाको कुल क्षमता १२३ मेगावाट रहेको छ।

बाढीबाट आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि विद्युत् उत्पादन र निर्माण कार्य प्रभावित भएको इप्पानले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/