तिब्बतबाट बुधबार बिहान आएको अप्रत्यासित बाढीले रसुवा र नुवाकोटमा ठुलो क्षती गरेको छ । रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको छ । भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ । बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए ।
सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि शुल्क गरेको छ । उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।
बाढिले रसुवा र नुवाकोटमा धेरै प्रहरी चौकीमा क्षति गरेको छ । रसुवा बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित र निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पुगेको छ ।







Leave a Reply