
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८ को उपधारा ९२० अनुसार किरण थापालाई बागमती प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि प्रदेश प्रमुख देवकोटाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्मको समय तोकिएको थियो। थापाले बुधबार तीन दलका ६३ जना सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।






Leave a Reply