
प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि सहभागिता रहेको थियो।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। भ्रमणकै क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक–अर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।






Leave a Reply