Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सम्पन्न

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासमा पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइ सर्वोच्च अदालतमा सम्पन्न भएको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासमा पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइ सर्वोच्च अदालतमा सम्पन्न भएको छ।

पत्रकार श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमेश बडाल ,टीकाराम भट्टराई र शम्भु थापासहित अधिवक्ताहरू अर्जुन खड्का ,कृतिनाथ शर्मा पौडेललगायत १७ जना कानुन व्यवसायीले बहस गरेका छन्। मुद्दामा सरकारी पक्षबाट चार जना कानुन व्यवसायीले बहस गरेका थिए।

पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएको छ, भने श्रीमान को पक्राउलाई गैरकानुनी भन्दै श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।

सुनुवाइका क्रममा श्रेष्ठका कानुन व्यवसायीहरूले गोपनीयता उल्लङ्घनसम्बन्धी आरोपको सन्दर्भमा आफूहरूको पक्षबाट विभिन्न प्रमाण पेस गरेका छन्। उनीहरूले उजुरी दिने महिलाले नै राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुक खातामा सार्वजनिक गरेको दाबी गर्दै त्यससम्बन्धी प्रमाण इजलाससमक्ष पेस गरेका हुन्।

मुद्दामा बहस सकिएसँगै अब सर्वोच्च अदालतले रिटमाथि आफ्नो आदेश सुनाउनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/