Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनसरी र सिरहाका चार मृतकलाई सरकारले शहीद घोषणा गर्‍यो

सरकारले सुनसरी र सिरहामा भएका घटनाका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीदको सम्मान दिने निर्णय…


विज्ञापनAdvertisement Banner
1 min read

सरकारले सुनसरी र सिरहामा भएका घटनाका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीदको सम्मान दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

निर्णयअनुसार सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतालाई शहीद घोषणा गरिएको छ। यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई पनि सरकारले शहीदको सूचीमा समावेश गरेको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै घटनामा ज्यान गुमाएका चारै जनाले औपचारिक रूपमा शहीदको सम्मान पाउने भएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/