Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो कन्सुलर प्रमाणीकरण सेवा अनलाइन

कन्सुलर सेवालाई अझ आधुनिक, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’को औपचारिक शुभारम्भ भएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’को सुरुआत गर्दै मन्त्री शिशिर खनालले डिजिटल प्रविधिको…


विज्ञापनAdvertisement Banner
2 min read

कन्सुलर सेवालाई अझ आधुनिक, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’को औपचारिक शुभारम्भ भएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’को सुरुआत गर्दै मन्त्री शिशिर खनालले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगले सार्वजनिक प्रशासनमा व्यापक परिवर्तन ल्याउने उल्लेख गरे।

यसले सेवा प्रणालीलाई अझ पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउनु का साथै डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए। आजदेखि लागू भएको अनलाइन आवेदन प्रणालीले सेवाग्राहीलाई झन्झटरहित र गुणस्तरीय सेवा उपलब्ध गराउने तथा सेवाग्राहीमैत्री, पारदर्शी तथा प्रविधिमैत्री सार्वजनिक सेवा विस्तार गर्न मन्त्रालयको लक्ष्यलाई थप मजबुत बनाउने, विश्वास उनले व्यक्त गरे।

उनले डिजिटल प्रणालीले नागरिक र सरकारबीचको अन्तरक्रियालाई अझ सहज, विश्वसनीय र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उल्लेख गर्दै यसबाट सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे। यस सेवाको सुरुवातसँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/