Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाईविरुद्ध तीन मुद्दामा अनुसन्धानका लागि ७ दिन हिरासत माग

तीनवटा फरक कसुरमा अनुसन्धानका लगि पक्राउ परेका दुर्गा प्रसाई को अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ७ दिनको हिरासत अनुमति माग गरेको छ। उक्त मागमाथि जिल्ला अदालत…


विज्ञापनAdvertisement Banner
1 min read

तीनवटा फरक कसुरमा अनुसन्धानका लगि पक्राउ परेका दुर्गा प्रसाई को अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ७ दिनको हिरासत अनुमति माग गरेको छ। उक्त मागमाथि जिल्ला अदालत भक्तपुरमा सुनुवाइ भइरहेको छ।

प्रहरीले प्रसाईलाई आइतबार राति भक्तपुरको निकोसेराबाट नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध राज्यविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा विद्युत्तीय कारोबार ऐनअन्तर्गतका आरोपमा अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ।

राज्यविरुद्धको कसुरअन्तर्गत सार्वभौमसत्ता वा अखण्डतामा असर पुग्ने गरी वर्ग, जात, धर्म, क्षेत्र वा अन्य कुनै आधारमा घृणा, द्वेष वा अवहेलनाको भावना फैलाउने गतिविधि गरेको पुष्टि भएमा कानुनअनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

दुर्गा प्रसाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकका रूपमा समेत परिचित छन्। प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। त्यसको केही घण्टापछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/