Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एलपी ग्यास अभाव नभएको निगमको स्पष्टोक्ति, टेकुबाट पनि वितरण सुरु

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको जनाएको छ। निगमका अनुसार दैनिक आवश्यकताअनुसार ग्यास आपूर्ति भइरहेको छ र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। १४.२ के.जि को…


विज्ञापनAdvertisement Banner
2 min read

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको जनाएको छ। निगमका अनुसार दैनिक आवश्यकताअनुसार ग्यास आपूर्ति भइरहेको छ र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

१४.२ के.जि को ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ, बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा उपभोक्ताबाट आएका गुनासोलाई ध्यानमा राख्दै निगमले आपूर्ति व्यवस्थालाई अझ प्रभावकारी बनाउन अतिरिक्त व्यवस्था गरेको जनाएको छ। उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नै कार्यालयबाट पनि ग्यास बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमका अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित ग्यास उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर उपभोक्तालाई उपलब्ध गराइनेछ।

निगमले ग्यास उद्योगी तथा विक्रेताहरूलाई बजारमा नियमित र सहज आपूर्ति कायम राख्न तथा घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकताका साथ ग्यास वितरण गर्न आग्रह गरेको छ। त्यसैगरी, बिक्री प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन विक्रेताहरूले ग्यास खरिद गर्ने उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेखका रूपमा राख्नुपर्ने तथा ग्राहकले पनि अनाबश्यक भण्डारण नगर्न निगमले आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/