Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

झापामा डेङ्गु सङ्क्रमण उल्लेख्य रूपमा घट्यो

झापा जिल्लामा डेङ्गु सङ्क्रमणको दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रियता तथा ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बन्दै गएपछि अघिल्लो वर्षको तुलनामा…


विज्ञापनAdvertisement Banner
1 min read

झापा जिल्लामा डेङ्गु सङ्क्रमणको दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रियता तथा ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बन्दै गएपछि अघिल्लो वर्षको तुलनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा कम भएको हो।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर दुई हजार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। तर गत आर्थिक वर्षमा यो सङ्ख्या घटेर ६०१ जनामा सीमित भएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख व्रिजकुमार दासका अनुसार डेङ्गु फैलाउने एडिस प्रजातिको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा प्रत्येक वर्ष ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन हुँदै आएको छ।

उहाँका अनुसार स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिएका नियमित सरसफाइ कार्यक्रम, सम्भावित प्रजननस्थलको व्यवस्थापन तथा जनचेतनामूलक अभियानका कारण डेङ्गु नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/