Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेची नाकाबाट अवैध रूपमा भित्र्याइँदै गरेको रु ७ लाखभन्दा बढीका लत्ताकपडा नियन्त्रणमा

भारतबाट भन्सार छल्दै नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेका रु ७ लाखभन्दा बढी मूल्यका लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले झापाको मेचीनगर…


विज्ञापनAdvertisement Banner
1 min read

भारतबाट भन्सार छल्दै नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेका रु ७ लाखभन्दा बढी मूल्यका लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले झापाको मेचीनगर नगरपालिका–८ स्थित मेची बस्ती क्षेत्रमा रिक्सामार्फत नेपाल भित्र्याइँदै गरेको २४ बोरा लत्ताकपडा बरामद गरेको हो।

बरामद गरिएका लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ। भन्सार कार्यालयले उक्त सामानको भन्सार मूल्य रु ७ लाख ३१ हजार ४९० निर्धारण गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिएका छन्।

उनका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/