Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पछिल्लो २४ घण्टामा देशभर ६२ विपद्का घटना, दुईको मृत्यु

देशका विभिन्न भागमा पछिल्लो २४ घण्टाको अवधिमा बाढी, पहिरो, डुबान, सर्पदंशलगायत प्राकृतिक विपद्सम्बन्धी ६२ वटा घटना दर्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाबाट दुई जनाको ज्यान…


विज्ञापनAdvertisement Banner
2 min read

देशका विभिन्न भागमा पछिल्लो २४ घण्टाको अवधिमा बाढी, पहिरो, डुबान, सर्पदंशलगायत प्राकृतिक विपद्सम्बन्धी ६२ वटा घटना दर्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाबाट दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सर्पदंशका कारण दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंशका घटनामा ११ जना घाइते भएका छन् र यसबाट नौ जिल्ला प्रभावित भएका छन्। त्यसैगरी पहिरोका घटनामा दुई जना घाइते भएका छन् भने ११ जिल्ला प्रभावित भएका छन्।प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ वटा सडक अवरुद्ध भएका छन्। विभिन्न विपद्का कारण करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। साथै, छ वटा चौपायाको पनि क्षति भएको उल्लेख गरिएको छ।

तथ्याङ्कअनुसार १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षासम्बन्धी घटना, पाँच वटा जनावरको आक्रमण तथा तीन वटा बाढीका घटना भएका छन्। यी घटनाबाट ४७ जिल्ला प्रभावित भएका छन्। उद्धार तथा प्रतिकार्यका लागि सुरक्षा निकायका २६७ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि शनिबार र आइतबार देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमानका आधारमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने आकलन गर्दै प्राधिकरणले आवश्यक प्रतिकार्य र उद्धार तयारीलाई सुदृढ बनाएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/