Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौँ - निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन दिन रोक लगाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन दिन रोक लगाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने फैसला सुनाएको हो।

सरकारले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक सूचना र विज्ञापनहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गरेको थियो।

उक्त निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक तथा अधिवक्ता अनन्तराज लुईंटेलले २०८२ चैत २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

रिटमाथि असार २२ र २३ गते दुवै पक्षबीच बहस भएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतिशकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी तथा अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, डा. प्रेमराज सिलवाललगायतले बहस गरेका थिए।

सरकारको निर्णय कार्यान्वयनमा आएपछि निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित हुँदै आएका थिए। सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै उक्त व्यवस्था खारेज भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/