spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारसंचारमाध्यमको गेटमा पार्किङ गरिएको शङ्कास्पद गाडीहरू कस्का हुन् ?

संचारमाध्यमको गेटमा पार्किङ गरिएको शङ्कास्पद गाडीहरू कस्का हुन् ?

काठमाडौं – आज संचार माध्यमहरुको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूको बिषयमा प्रहरीमा अनुसन्धान भईरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।

अनलाइन खबरको गेटमा राखिएको बा।१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।

कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा।प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।

हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा।१० च १२५५ नम्बरको कार डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको भेटिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here