Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीका अनुसार सोमबार आयोजित कार्यक्रममा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

प्रहरीका अनुसार सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ३६ वटा मोटरसाइकल र १५ वटा स्कुटर गरी कुल ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ती सवारीसाधन खोजतलासका क्रममा फेला पारिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारीसाधन चोरी हुन नदिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/