spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारट्राभल लटरीको नाममा करोडौँ ठगी, ७ जना पक्राउ

ट्राभल लटरीको नाममा करोडौँ ठगी, ७ जना पक्राउ

काठमाडौं – ट्राभल लटरीको बहानामा विभिन्न देश घुमाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीले शीरटेल होलिडेज प्राइभेट लिमिटेड नामक ट्राभल एजेन्सी सञ्चालन गर्दै ठगी गर्ने ७ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विवेक रेग्मी सहित ६ जना भारतीय नागरिक रहेका छन्। उनीहरूले युरोप, एसिया र अफ्रिकाका १७५ देश घुमाइदिने भन्दै फोनमार्फत ‘लटरी परेको’ भन्दै प्रलोभन देखाएर रकम असुल्ने गरेका थिए।

प्रहरीका अनुसार हालसम्म ३२८ जनाबाट करिब २ करोड ७२ लाख रुपैयाँ ठगी भएको खुलेको छ। गिरोहबाट नगद, इलेक्ट्रोनिक उपकरण, पासपोर्ट, सिमकार्ड र अन्य कागजात समेत बरामद गरिएको छ।

उनीहरूले विभिन्न सपिङ मलमा स्टल राखेर फारम भराउने र पछि सबैलाई लटरी परेको भन्दै कार्यालय बोलाएर तुरुन्तै पैसा तिर्न दबाब दिने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here