काठमाडौं – सिन्लधुपाल्चोक हेलम्बु गाउँपालिकामा पहिलो पटक समुद्री सतहबाट करिब १२०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण भएको छ।
परम्परागत रूपमा उच्च हिमाली तथा सुख्खा क्षेत्रमा मात्र हुने मानिएको जिरा खेती यसपटक मध्यपहाडी क्षेत्रमा सफल भएपछि स्थानीय कृषकहरूमा नयाँ आशा जागेको छ।
गाउँपालिकाको कृषि शाखा तथा स्थानीय किसानहरूको सहकार्यमा गरिएको परीक्षण खेतीले सकारात्मक नतिजा दिएको हो।




