spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहने तथा केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।

महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का साथै कोशी प्रदेश र बागमती प्रदेश का हिमाली तथा पहाडी भूभागमा सामान्य बदली देखिएको छ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले हिमाली क्षेत्रमा वर्षा र हिमपात तथा चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here