Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सोमबार विभिन्न क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

काठमाडौँ — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव कायम रहेको छ। यस प्रणालीका कारण देशका धेरै स्थानमा बादल लाग्नुका साथै वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखा का…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव कायम रहेको छ। यस प्रणालीका कारण देशका धेरै स्थानमा बादल लाग्नुका साथै वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखा का अनुसार सोमबार सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईका केही भागमा आंशिक बदली देखिएको छ।

सोमबार दिनभर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा पनि यस्तै प्रकारको मौसम देखिन सक्ने बताइएको छ।

यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। तराईका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ र असिना पर्ने सम्भावना भएकाले खुला ठाउँमा सावधानी अपनाउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/