spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारकाठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं – नेपालको राजधानी काठमाडौं सोमबार विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १८९ पुगेको छ।

उक्त स्तरलाई जनस्वास्थ्यका दृष्टिले अत्यन्त अस्वस्थ मानिन्छ। वायु प्रदूषण बढेसँगै सोमबार काठमाडौं उपत्यकाको आकाश धुवाँ र धुलोले ढाकिएको देखिएको थियो। प्रदूषणका कारण धेरै मानिसले आँखा पोल्ने, चिलाउने तथा सास फेर्न कठिनाइ भएको अनुभव गरेका छन्।

आईक्यू एयरको तथ्यांकअनुसार काठमाडौंपछि बंगलादेशको ढाका विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। ढाकाको वायु गुणस्तर सूचकांक १७३ रहेको छ। त्यसैगरी भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेको छ।

वायु प्रदूषण बढ्नुमा सवारीसाधनको धुवाँ, निर्माण कार्य, सडकको धुलो, उद्योगधन्दा तथा मौसमीय अवस्थालाई प्रमुख कारण मानिएको छ। विज्ञहरूले प्रदूषणको उच्च स्तरले बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

वायु प्रदूषणको जोखिम बढ्दै जाँदा आवश्यक सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र पर्याप्त पानी पिउन पनि उनीहरूले आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here