Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं — हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। यस प्रणालीका कारण देशका विभिन्न…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। यस प्रणालीका कारण देशका विभिन्न भागमा बादल लाग्ने तथा केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

सोमबार देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि बादल लाग्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। अन्य स्थानमा भने आंशिक बदली रहनेछ।

मौसमविद्हरूका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै किसिमको वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *