Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जेनजी प्रदर्शनबारे जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ - जेनजी प्रदर्शनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार बिहान ११ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – जेनजी प्रदर्शनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार बिहान ११ बजे प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको छ।

सरकारले जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाक्रम, त्यसका कारण तथा त्यसबाट उत्पन्न प्रभावबारे अध्ययन गर्न आयोग गठन गरेको थियो। आयोगले घटनाको विस्तृत अध्ययन, सम्बन्धित पक्षसँग छलफल तथा प्रमाण संकलन गरी प्रतिवेदन तयार पारेको बताइएको छ।

आयोगले बुझाउने प्रतिवेदनमा प्रदर्शनको पृष्ठभूमि, घटनाक्रम, जिम्मेवारीको विषय तथा भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक सिफारिसहरू समेटिएको अपेक्षा गरिएको छ।

प्रतिवेदन सार्वजनिक भएपछि घटनाबारे थप स्पष्टता आउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/