Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दल र जेनजीको आलोचनाबीच पनि शान्ति कायम गर्न लाग्यौँ : प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुषिला कार्कीले आफूहरूले अत्यन्त असहज र अनिश्चित परिस्थितिमा देशको जिम्मेवारी सम्हालेको बताएकी छन्। उनले चुनौती र विभिन्न अवरोधका बाबजुद पनि आफ्नो जिम्मेवारीअनुसार काम गर्दै अघि बढेको उल्लेख गरिन्। प्रधानमन्त्री…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – प्रधानमन्त्री सुषिला कार्कीले आफूहरूले अत्यन्त असहज र अनिश्चित परिस्थितिमा देशको जिम्मेवारी सम्हालेको बताएकी छन्। उनले चुनौती र विभिन्न अवरोधका बाबजुद पनि आफ्नो जिम्मेवारीअनुसार काम गर्दै अघि बढेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार सरकारमाथि विभिन्न किसिमका आक्रमण र दबाब आए पनि आफ्नो लक्ष्यबाट पछि नहटेको स्पष्ट पारिन्। “तपाईँहरुलाई थाहै छ, कस्तो असहज र अनिश्चित अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ। चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ,” उनले भनिन्।

उनले आफ्नो कार्यकालमा अनेक बाधा र अवरोध आए पनि सरकार आफ्नो बाटोबाट विचलित नभएको बताइन्। “हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन, बाधा अवरोध नआएको पनि होइन। जति अवरोध भए पनि हामीले बाटो छाडेनौँ,” प्रधानमन्त्री कार्कीले भनिन्।

कार्कीले राजनीतिक दलहरूबाट समेत आलोचना खेप्नुपरेको उल्लेख गरिन्। उनका अनुसार केही दलहरूले आफूहरूलाई अयोग्यसम्म भनेका थिए भने ‘जेनजी’ का केही व्यक्तिहरूले पनि प्रश्न उठाएका थिए।

यस्ता आलोचना र दबाबका बीच पनि सरकारले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यलाई केन्द्रमा राखेर काम गरेको उनले बताइन्। “तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आगामी दिनमा पनि स्थिरता, शान्ति र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याइन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/