Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कोशीका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। सो क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/