Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले विशेषगरी हिमाली र पहाडी भूभागमा बदली भई केही स्थानमा हल्का वर्षा र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले विशेषगरी हिमाली र पहाडी भूभागमा बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत बदली देखिएको छ। तराईका थोरै स्थानमा बिहानको समयमा तुवाँलो लागेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ। यी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/