spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारमध्यपूर्वको तनावका कारण इजरायल र इरान यात्रा नगर्न सरकारको कडा आग्रह

मध्यपूर्वको तनावका कारण इजरायल र इरान यात्रा नगर्न सरकारको कडा आग्रह

नेपाल सरकारले इजरायल र इरानको वर्तमान अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई ती देशतर्फको यात्रा नगर्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको यात्रासम्बन्धी सूचना (एडभाइजरी) मार्फत दुवै देशको सुरक्षा अवस्था स्थिर नभएसम्म यात्रा योजना स्थगित गर्न स्पष्ट सल्लाह दिएको हो। इजरायल वा इरान जाने तयारीमा रहेका नेपालीहरूलाई परिस्थिति सामान्य भएपछि मात्र यात्रा अघि बढाउन मन्त्रालयले कडाइका साथ अनुरोध गरेको छ।

मन्त्रालयले मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट अवलोकन गरिरहेको जनाएको छ। साथै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ।

सरकारले परिस्थिति परिवर्तन भएमा थप जानकारी सार्वजनिक गरिने पनि जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here