Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ।

तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा तुवाँलो लाग्नेछ भने दिउँसो मौसम मुख्यतया सफा रहने जनाइएको छ। काठमाडौँ उपत्यकासहित मध्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

राति गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग र बाँकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षा र हिमपातका कारण उच्च पहाडी तथा हिमाली भेगका सडक मार्ग प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न कृषकहरूलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र काम गर्न सुझाव दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/