Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

 पश्चिमी वायुको प्रभावले ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल विशेषगरी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल विशेषगरी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्न सक्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/