Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायु सक्रिय: पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - नेपालको वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका विभिन्न भू–भागको मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढेको छ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपालको वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका विभिन्न भू–भागको मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढेको छ भने तराईका अधिकांश जिल्लामा बाक्लो तुवाँलो लागेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रमा चिसो बढेको महसुस गरिएको छ।

बागमती र लुम्बिनी प्रदेशका उच्च भू–भागमा पनि आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। तराईका जिल्लामा बिहानपख बाक्लो हुस्सु तथा तुवाँलो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

सोमबार दिनभर हिमाली क्षेत्रमा बदली रहने तथा दिउँसोपछि मौसम क्रमशः सुधार हुने पूर्वानुमान गरिएको छ। मौसमविद्ले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने, पर्वतारोहणमा निस्कने तथा लामो दूरीको सवारी साधन चलाउनेहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/