Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पेट्रोलमा १० % इथानोल मिसाउने नीति कार्यान्वयनतर्फ सरकार अगाडि बार्षिक करिब ६अर्ब बचत हुने

काठमाडौं । नेपाल सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने (ब्लेन्डिङ) नीति कार्यान्वयनको तयारीलाई तीव्र बनाएको छ। करिब दुई दशकदेखि अध्ययन र छलफलमा रहेको यो अवधारणा अब व्यवहारमा उतार्ने चरणमा पुगेको बताइएको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । नेपाल सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने (ब्लेन्डिङ) नीति कार्यान्वयनको तयारीलाई तीव्र बनाएको छ। करिब दुई दशकदेखि अध्ययन र छलफलमा रहेको यो अवधारणा अब व्यवहारमा उतार्ने चरणमा पुगेको बताइएको छ।

सरकारले स्वीकृत गरेको आदेश राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयन प्रक्रिया सुरु हुनेछ। सम्बन्धित निकायहरूले इथानोलको गुणस्तर मापदण्ड निर्धारण, मूल्य संरचना तय गर्ने तथा उत्पादन र आपूर्ति व्यवस्थापनको ढाँचा तयार गर्ने काम अघि बढाइसकेका छन्।

पेट्रोलमा इथानोल मिसाउँदा इन्धन आयातमा निर्भरता घट्ने, वैदेशिक मुद्रा बचत हुने र वातावरणमैत्री ऊर्जा प्रयोग प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। इथानोल मुख्यतः उखु लगायतका कृषिजन्य कच्चा पदार्थबाट उत्पादन गर्न सकिने भएकाले यसले कृषि क्षेत्र र स्वदेशी उद्योगलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

सरकारी अधिकारीहरूका अनुसार इथानोल उत्पादन गर्ने उद्योग छनोट गर्दा उत्पादन क्षमता र तोकिएको गुणस्तर मापदण्ड पालना गर्ने क्षमतालाई प्राथमिकता दिइनेछ। न्यूनतम मूल्य निर्धारण र खरिद प्रक्रिया पारदर्शी बनाउन विशेष कार्यदलसमेत गठन गरिने तयारी छ।

नेपाल आयल निगम ले इथानोल मिश्रित पेट्रोलको भण्डारण, ढुवानी तथा वितरण प्रणाली मिलाउन आवश्यक प्राविधिक तयारी थाल्ने जनाएको छ। यद्यपि देशमा हाल ठूलो परिमाणमा इथानोल उत्पादन गर्ने पूर्वाधार अभाव रहेकाले प्रारम्भिक चरणमा केही चुनौती देखिएको छ।

नीति राजपत्रमा प्रकाशित भएपछि पूर्ण कार्यान्वयनका लागि करिब एकदेखि डेढ वर्षसम्म समय लाग्ने अनुमान गरिएको छ। सरकारले दीर्घकालीन ऊर्जा सुरक्षा र स्वदेशी उत्पादन प्रवर्द्धनलाई ध्यानमा राख्दै यो योजना अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/