Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता प्राथमिकतामा

काठमाडौं — सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राख्दै रकम वितरण प्रक्रिया अघि बढाएको छ। सहकारीमा स–साना रकम बचत गरेका अधिकांश सर्वसाधारण प्रभावित भएकाले उनीहरूको बचत सुरक्षित गर्न…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राख्दै रकम वितरण प्रक्रिया अघि बढाएको छ। सहकारीमा स–साना रकम बचत गरेका अधिकांश सर्वसाधारण प्रभावित भएकाले उनीहरूको बचत सुरक्षित गर्न सरकार केन्द्रित भएको जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी रकम भएका व्यक्तिलाई ‘ठूला बचतकर्ता’ का रूपमा वर्गीकरण गरिएको छ। मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई रकम फिर्ता गर्न सुरु गरिएको जानकारी दिए।

उनका अनुसार साना बचतकर्ताको रकम फिर्ता कार्यलाई निरन्तरता दिइनेछ भने क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिनेछ। बचतकर्ताको रकम व्यवस्थापन गर्न समस्याग्रस्त सहकारीहरूको ऋण असुली प्रक्रिया समेत तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

सरकारी तथ्यांकअनुसार हाल करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ समस्याग्रस्त अवस्थामा रहेको छ। सहकारीपीडितको रकम फिर्ता गर्ने उद्देश्यले मन्त्रालयले ‘चक्रीय कोष सञ्चालन कार्यविधि’ तयार पारी स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ।

यसैबीच, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। जसमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना बचतकर्तालाई रकम फिर्ता गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बैंक खाताको प्रमाणीकरण (भेरिफाइ) पूरा भएका बचतकर्ताको रकम मात्रै फिर्ता गरिएको हो। सरकारले सहकारी क्षेत्रमा देखिएको वित्तीय संकट समाधान गर्दै बचतकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक कदम अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/