spot_img
30.7 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तजनउत्थान सामुदायिक लघुवित्तद्वारा व्यवसायिक बाख्रा पालन तथा वित्तीय साक्षरता तालिम सम्पन्न

जनउत्थान सामुदायिक लघुवित्तद्वारा व्यवसायिक बाख्रा पालन तथा वित्तीय साक्षरता तालिम सम्पन्न

बर्दिया, ठाकुरबावा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, ठाकुरबावा शाखाको आयोजनामा महिला उद्यमशीलता, व्यवसाय व्यवस्थापन तथा हरित रोजगारी कार्यक्रम अन्तर्गत एकदिने व्यवसायिक बाख्रा पालन तालिम तथा बैंकिङ समुदायका सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा शाखा अधिकृत ईन्द्र बहादुर चौधरीले संस्थागत धारणा प्रस्तुत गर्दै लघुवित्त कार्यक्रमले महिला सशक्तीकरण, उद्यम विकास तथा आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी व्यवसायिक रूपमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

तालिमको सुरुवात संस्थाको गीतमार्फत गरिएको थियो । कर्मचारी प्रभात चौधरीले गर्नुभएको थियो ।

तालिमका प्रमुख प्रशिक्षक डा. चन्द्र बहादुर महराले व्यवसायिक बाख्रा पालन, बाख्राको जात र महत्व, रोग व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन, बाख्राको प्रजनन चक्र, बोकाको चयन, बच्चा बाख्राको हेरचाह तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक तथा उपयोगी जानकारी प्रदान गर्नुभएको थियो ।

साथै, वित्तीय साक्षरता सत्र मार्फत सहभागीहरूलाई बचत, ऋणको सही उपयोग, वित्तीय योजना तथा आर्थिक अनुशासन सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

तालिममा २६ जना सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तालिम अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया व्यक्त गर्दै सिकेका ज्ञान तथा सीपलाई आफ्नो व्यवसाय र दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here