Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विदेशी मुद्राको सञ्चिति झन्डै ३५ खर्ब पुग्यो, १८ महिनाको आयात धान्न सक्ने

काठमाडौं — नेपालको वैदेशिक मुद्राको सञ्चिति झन्डै ३५ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्राको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपालको वैदेशिक मुद्राको सञ्चिति झन्डै ३५ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्राको कुल सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२ असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। नौ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिमा ३०.५ प्रतिशतले वृद्धि भएको देखिएको छ।

अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्राको सञ्चिति २३ अर्ब ५५ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ। बढ्दो रेमिट्यान्स आप्रवाह, पर्यटन आम्दानी तथा बाह्य क्षेत्रको सुधारका कारण विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको विश्लेषण छ।

केन्द्रीय बैंकका अनुसार हालको सञ्चितिले १८ महिनाभन्दा बढी अवधिको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ। त्यस्तै, केवल वस्तु आयातलाई आधार मान्दा २१ महिनाभन्दा बढीको आयात धान्न सक्ने अवस्था रहेको बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/