Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

छिमेक लघुवित्तको नाफा ९० करोड नाघ्यो

काठमाडौं — छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२० प्रतिशत बढी हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२० प्रतिशत बढी हो। गत वर्ष सो अवधिमा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६.७२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २ अर्ब ६ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै कुल सञ्चालन आम्दानी ७.१२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ५.६३ प्रतिशतले वृद्धि भएर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

संस्थाको वितरणयोग्य मुनाफा ६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँ रहेको थियो।

यद्यपि प्रतिशेयर आम्दानी भने घटेको छ। गत वर्ष ३५ रुपैयाँ ३९ पैसा रहेको प्रतिशेयर आम्दानी चालू आवमा घटेर ३३ रुपैयाँ ४१ पैसामा झरेको छ। सकारात्मक पक्षमा खराब कर्जा अनुपात २.६० प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा झरेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९३ पैसा रहेको छ भने बेसरेट ११.७८ प्रतिशत कायम भएको छ।

हाल संस्थाको चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ रहेको छ। कम्पनीले ४४ अर्ब १० करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गर्दा ४४ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/